हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा ५ महिला र ६ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् ।
यस्तो छ संक्रमण पुष्टि हुनेहरुको विवरणः
हेटौंडा–४ का ३ जना (३४ वर्षीया महिला र ३५, ३६ वर्षीय पुरुष)
हेटौंडा–५ का १ जना (२७ वर्षीय पुरुष)
हेटौंडा–८ का १ जना (६० वर्षीय पुरुष)
हेटौंडा–९ का ३ जना (३५, १४ र ३४ वर्षीया महिला)
हेटौंडा–११ का २ पुरुष (५५, ४५ वर्षीय पुरुष)
हेटौंडा–१६ का १ महिला (५१ वर्षीया महिला)
उक्त प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये हेटौंडाका ११ जना, बकैयाका २ जना, चितवनका एक जना र बाराको एक जनामा संक्रमण पुष्टि भएको हो ।