लागुऔषधसहित ६ जना पक्राउ

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार ११:५६
;

काठमाडौं । लागुऔषधसहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुग –१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, २० वर्षीय सागर पौडेल, २२ वर्षीय शिव अधिकारी, वर्ष २२ का बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन् ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध बरामद गरेको हो । यसैगरी उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*