पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १२:०४
;

काठमाडौं । पाल्पामा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२ बेलौजामा पहिरोमा ६० वर्षीय हुमबहादुर गाहा, उनको श्रीमती ५० वर्षीया धनीसरा गाहा, १७ वर्षीय छोरी कृष्णमाया गाहा, नातिनी १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको मृत्यु भएको हो ।

खुमिसरा हुमबहादुरकी छोरीकी र लक्ष्मी छोराकी छोरी (नातिनी) हुन् ।

प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार पहिरोमा परेका सबैको शव शुक्रबार बेलुका सनाखत भएको हो । निरन्तरको वर्षा र सडक अवरुद्ध रहेका कारण समयमै उद्धार गर्न सकिएको थिएन ।

उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकिएको भट्टराईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*