हेटौंडाको ज्यामिरे खोलामा एक महिलाको शव फेला
मकवानपुर । हेटौंडाको ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ । हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा आन्दाजि ४०/४५ वर्षीया एक महिलाको शव फेला परेको हो ।
प्रहरीको टोली घटनास्थल तर्फ गईसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । घटनाको थप विवरण भने आँउन बाँकी रहेको जनाइएको छ ।










