कैलाश अपडेटः मृतक पुरुषको पहिचान खुल्यो

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १३:५२
;

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मृत अवस्थामा फेला पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका–५ निवासी ३८ वर्षका धावा लामा रहेको अध्यक्ष छेकु लामाले बताएका छन् ।

वडाअध्यक्ष लामाका अनुसार मृतक लामालाई खेतमा धान गोडेर फर्कँदै गर्दा पाँच खोलाले बगाएको थियो ।
उनको शव करिब ३ किलोमिटर तल कैलाश गाउँपालिका– ५ र १ मा पर्ने विमिरे खोलामाफेला परेको हो ।

स्थानीयले शनिबार बिहान शव फेला परेपछि प्रहरीलाई जानकारी गराएको कैलाश–५ का वडाध्यक्ष लामाले बताएका छन् ।

चौकी डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल तर्फ गईसकेको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*