कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौं । कोरोनाको संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको मृत्यु भएको हो ।
मृतक जवानमा छारे रोगको लक्षण देखिए पश्चात सघन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनमा असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यो सँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।