कोरोना संक्रमणबाट हटियाका एक जनाको मृत्युु

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १४:३७
;

सप्तरी । कोरोना संक्रमणबाट हटियाका एक जनाको मृत्युु भएको छ ।स्वास्थ्यवस्था जटिल भएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीका राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यवस्था जटिल भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

परीक्षणका क्रममा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*