दम्पतीमाथि सामुहिक आक्रमणः श्रीमतीको हत्या, श्रीमान् गम्भीर घाइते

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १५:०४
;

रौतहट । रौतहटमा एक दम्पतीमाथि आक्रमण भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको हो ।

चार जनाको समूहको आक्रमणबाट श्रीमती जगरामीको मृत्यु भएको छ भने श्रीमान महेश घायते भएका छन् ।

आक्रमणमा धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । घाइते महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । उनीहरु तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*