३० वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

चितवन । कैलालीका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिका–१ का ३० वर्षीय पुरुषको शुक्रबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।
मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको इमर्जेन्सी आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।