मकवानपुरका १७ सहित बागमती प्रदेशमा ८ सय ६ जना कोरोना संक्रमित थपिए

मकवानपुर । बागमती प्रदेशमा ८ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा विभिन्न जिल्ला गरि ८ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा २ सय ८८ जना महिला र ५ सय १८ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंका ५ सय ८३, काभ्रेपलाञ्चोकका १७, चितवनका १२, दोलखाका १, धादिङका ७, नुवाकोटका २, भक्तपुरका ६३, मकवानपुरका १७, रामेछापका ७ जना, ललितपुरका ७८, सिञ्धुपाल्चोकका ४ र सिन्धुलीका १५ जना गरि ८ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।