प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकोमा शनिबार उनमा संक्रमण पुष्टि भएको हो ।
एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत रहेकी उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकी छिन् ।
उनले आफूले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई नभेटेको बताएकी छिन् ।