मनहरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १८:१०
;

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना भएकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी–९ खरङ्गामा दुर्घटना हुँदा बारा रतनपुरका अन्दाजी ३० वर्षीय सूर्य स्याङ्तानको मृत्यु भएको हो ।

हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रकसँग ठक्कर खाँदा मोटरसाईकल चालक स्याङतानको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार बारा बस्ने विनिता स्याङतान गम्भीर घाइते भएकी छिन् ।

उनलाई उपचारका लागि चुरेहिल अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*