मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको गंगेभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-२ गंगेभिरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।
मकवानपुरगढी बाट शिखरकटेरी तर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार मकवानपुरगढी-३ धमिलेका ४६ बर्षीय भरत पुडासैनीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल चालक मकवानपुरगढी-३ मक्रान्चुलीका ४१ बर्षीय कुमार पराजुली घाइते भएका छन् । घाइते पराजुलीको हेटौँडा-१ मा रहेको सन्चो अस्पताल उपचार भइरहेको छ ।