हेटौंडा अपडेटः मृत महिलाको पहिचान खुल्यो
मकवानपुर । हेटौंडाको ज्यामिरे खोलामा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा
शनिवार भेटिएको शव सोही ठाँउका स्थानीय अन्दाजी ४५ वर्षीया पुतलीमाया घलान रहेकी छिन् ।
घलान हेटौंडा–१९ ज्यामिरेस्थित माईतीबाट हेटौंडा–१९ कै कालिकाटारस्थित घर फर्कने क्रममा सम्पर्क विहिन भएको को जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार दिउँसो उनको शव स्थानीयले देखेपछि मकवानपुर प्रहरीलाई खबर गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











