त्रिविको रोकिएको परीक्षा छठपछि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालनका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय पनि भइसकेको त्रिविले जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो
फारम भरिसकेकाको परीक्षा पहिले हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएक छन् ।
घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ ।
त्यस्तै कोरोनाको कारण अवस्था एकदमै जटिल भयो भने परीक्षा सञ्चालन गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।