बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १२:२१
;

नेपालगञ्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारी हुन् ।

मृतक पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*