झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १३:१४
;

विराटगनर । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको हो. ।

संक्रमण पुष्टि भएपश्चात उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएको थियो । राति १०ः४५ बजे अस्पताल ल्याइपु¥याए पनि उनको तत्कालै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*