श्रीमानमाथि खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

रुकुम (पश्चिम) । धारिलो खुकुरी प्रहार गरी श्रीमानलाई घाइते बनाएको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाफिकोट गाउँपालिका–९, तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाल रहेकी छिन् ।
घटनाबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।
घरायसी विवादको कारण अमृताले खुकुरी प्रहार गरेको प्रहरी जनााएको छ ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।