कोरोनाको कहरः एक सातामा विदेशमा रहेका २१ नेपालीको मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १४:२७
;

काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार एक सातामा कुवेतमा पाँच, साउदी अरबमा १४, यूएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको हो ।

साथै १७ देशमा रहेका २ सय ६५ नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृतयु भएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*