कोरोनाको बहानामा रोजगारी खोसेको भन्दै प्रदर्शनमा पर्यटन मजदुर

‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’
हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १४:४२
;

काठमाडौं । रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै प्रदर्शनमा ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका पप्पलेटसमेत प्रदर्शन गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*