साढे १० किलो अफिमसहित ३ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध अफिमसहित ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो काठमाडौं र पोखरा शाखाबाट खटिएको टोलीले पोखरा महानगरपालिका–६ स्कूलमार्फतबाट १० किलो ५ सय ग्राम अफिमसहित पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँका ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ घर भएका २४ वर्षीय रबि गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।