पाकिस्तानमा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १५:२९
;

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार यात्रुबाहक भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।

भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ ।

भ्यानमा जडित सिएनजी सिलिन्डरमा आगो लागेर बिस्फोट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*