मकवानपुरमा आइतबार २८ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा परीक्षणमा मकवानपुरका १० जनासहित २८ जनामा पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइका अनुसार संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका हेटौंडाका विभिन्न वडामा गरी ६ जना, भीमफेदीका १ जना, मनहरीका ३ जना र बाहिरी जिल्लाका १८ जना रहेका छन् ।










