७ वर्षीया बालिका बलात्कारको आरोपमा ३५ वर्षीय राई पक्राउ
उदयपुर । सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले झापाको बिर्तामोड नगरपालिका– ७ स्थायी घर भई अहिले उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ बेल्टर बस्दै आएका ३५ वर्षीय किरण राई पक्राउ गरेको हो ।
नाबालिकालाई ललाई फकाई आफनो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।
बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा राईलाई पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कारबाही अघि बढाएको जनाएका छन ।










