साँढे ५३ हजारबढीले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमणभमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३.४ प्रतिशत हो।
हाल संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा संख्या ६ हजार २ सय ८१ रहेका छन् ।