कोरोना संक्रमणबाट उपत्यकाका ५ सहित १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित १० जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १÷१ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।
यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो ।