सामूहिक बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने प्रहरीको फन्दामा

काठमाडौं । सामूहिक बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् ।
भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा चारजना केटाहरु मिलेर १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको थियो
बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् ।
तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाधाम नगरपालिका–२ धरमपुरका ५५ वर्षीय यादवलाई प्रहरीले शनिवार पक्रेर ‘शान्ति विरुद्धको कसुर’ मा मुद्धा दर्ता गरेको छ ।