बागमती प्रदेशमा ९ सय २ जना कोरोना संक्रमित थपिए

मकवानपुर । बागमती प्रदेशमा ९ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्ला गरी प्रदेशमा ९ सय २ जना कोरोना संक्रमित थपिएका हुन् ।
आइतबार काठमाडौंका ६ सय ३३ जना, चितवनका ८३, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ७२, मकवानपुरका १, रसुवाका १, रामेछापका १, ललितपुरका १ सय ४ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार देशभर १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशका मात्रै ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको कूल संख्या १५ हजार २ सय ३ जना पुगेको छ ।