हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १८:००
;

मकवानपुर । हेटौंडाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथ अनुसन्धान केन्द्र हेटौंडामा आइतबार गरिएको परिक्षणमा फेरी ११ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार कोरोना पुष्टि हुनेमा १ महिला र १० पुरुष रहेका छन् ।

असोज ७ गते संकलन गरिएको परीक्षणको नतिजा आइतबार सार्वजनिक गरेको चौलागाईले जनाईएको छ ।

आज दिउँसो मात्र २८ जनामा कोरोना पुष्टि भएको थियो ।

यो योसँगै आइतबार मकवानपुरमा कोरोना संक्रमित हुनेको ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ संक्रमितको विवरणः
हेटौंडा–२ का २ जना (३९ र ४५ वर्षीय पुरुष)
हेटौंडा–४ का ४ जना (३२, ४२, ४५ र ५३ वर्षीय पुरुष)
हेटौंडा–५ का १ जना (५२ वर्षीय पुरुष)
हेटौंडा–७ का (५६ र ३२ वर्षीय पुरुष)
हेटौंडा–९ का (४५ वर्षीया महिला)
हेटौंडा–१७ का (४५ वर्षीय पुरुष)

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*