हेटौंडामा रहेको साबुन उद्योगमा आगलागी

मकवानपुर । हेटौंडाको महाशक्ति शप उद्योगमा आगलागी भएको छ । हेटौंडा–८ स्थित औधोगिक क्षेत्रमा विद्युुत आपूर्ति गडबड भई तार सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो ।
सोमबार बिहान लागेको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोग नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
आगो लागेको करिब १ घण्टापछि नियन्त्रण आएको जनाइएको छ ।
प्रहरीका अनुसार आगोलागीबाट उद्योगको करिब ५० लाख बराबरको क्षति भएले जनाएको छ ।