दुर्घटनामा परि कांग्रेसका सांसद घाइते

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्घटनामा परि घाइते भएका छन् । कांग्रेसका सांसदप्रकाश स्नेही सवार स्कुटरलाई टेकुमा माइक्रोले ठक्कर दिएको हो ।
सांसद स्नेहीको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघका नेता सागर परियारले जानकारी दिएका छन् । ‘नेपाली कांग्रेसका युवा नेता सांसद दाजु प्रकाश स्नेही आज सवारी दुर्घटना परि घाइते भई नर्भिक हस्पिटलमा उपचारको क्रममा भएकोले स्वास्थलाभको कामना,’ परियारले सांसद स्नेही उपचारको तस्बिरसहित राखेर फेसबुकमा लेखेका छन् ।
्