डिएसपीसहित आठ प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवन । नेपाल प्रहरीका नायव उपरीक्ष (डीएसपी)सहित आठ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राति चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित आठ प्रहरीहरूमा संक्रमण पुष्टि भएको हो ।
कोरोना रिपोर्ट पोजेटिभ आएसँगै सबै संक्रमित प्रहरी कार्यालयमै आइसोलेसनमा बसेका छन् ।