हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड सञ्चालनमा

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १२:०९
;

मकवानपुर । काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड सञ्चालनमा आएको छ । केही दिन अघिको अविरल वर्षाका कारण अवरुद्ध बनेको सडकखण्ड सोमबार बिहानबाट सञ्चालनमा आएकोह हो ।

४ दिन देखि अवरुद्ध सडक विभिन्न स्थानमा गएको पहिरो हटाइएपछि सडक खुलेको जनाएको छ ।

भिमफेदी–६ र ईन्द्रसरोबर–२ को विभिन्न क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध सडक आज विहानबाट खुलेको ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

यद्यपि सिस्नेरीमा गएको पहिरो नहटेको कारण यात्रुले फाखेलबाट यात्रा गर्नुपर्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*