विषाक्त रसायन भेटिएपछि थप ९ स्यानिटाइजरमा प्रतिबन्ध

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १२:१८
;

काठमाडौं । कोरोना संक्रमण रोक्न भन्दै प्रयोग गरिँदै आएका ९ वटा स्यानिटाइजरमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्ड विपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।

विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ ।

विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवाला हरुलाई भनिएको छ । प्रतिबन्ध लगाइएका स्यानिटाइजर काठमाडौंका ३, पर्साका २, बनेपाका २, ललितपुर र भारतमा उत्पादित एक–एक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*