हेटौंडामा ट्रक र ट्याक्टर ठोक्कियो, एक जनाको मृत्यु, तीन घाइते

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १३:१०
;

मकवानपुर । हेटौंडामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टर चालक बाराको परमाणीपुर गाउँपालिका– १ का २२ ववर्षीय लालबाबु यादवको मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे नजिक सोमबार विरगञ्जबाट चामल बोकेर हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकले विपरित दिशाबाट अमलेखगञ्ज तर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याकटरलाई ठक्कर दिँदा ट्याक्टर दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते भएका यादवलाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको हो ।

दुर्घटनामा परी ट्रक चालक धनुषाको मिथिला नगरपालिका–४ का ३८ वर्षिय गंगाराम महत्व, ट्रकका सह–चालक सिराहाको कल्यानपुर नगरपालिकाका १८ वर्षीय अभिनय यादव र ट्याक्टरमा सह–चालक बारा परमाणीपुर गाउँपालिका– १ का १७ वर्षीय दिपेन्द्र कुमार मण्डल घाइते भएका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताएका छन् । घाइते तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*