आँखा फुटाइएको र कान काटिएको अवस्थामा महिलाको शव फेला

सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका– २ मैनाकडेरीकी एक महिलाको विभत्स हत्या गरिएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा –आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कान समेत काटिएकाले कर्तव्यबाटै हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको हत्या भएको भन्दै उनका श्रीमान् शिवनारायण कौडगिया यादवले सामान्य उजूरी दिएको जानकारी दिंदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनः कर्तव्य ज्यानको उजूरी लिने जनाएको छ ।