एसिड प्रहार गर्नेमाथि कडा कारवाही गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड प्रहार गने अपराधीमाथि कडा कारवाहीको व्यवस्थाका लागि अध्यादेश जारी गरिएको छ ।
भण्डारीले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, जारी गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाव आक्रमणमा पीडित बनेकाहरुसँगको छलफलमा यसबारे कडा नियमसहितको कानुनी व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।