नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापा गौरादह–१ का ५१ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएको भन्दै ती पुरुषलाई असोज ३ गते शनिबार उपचारका लागि नोबेल ल्याइएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ६ गते मंगलबार रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो ।