कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुग्यो
काठमाडौं । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार उपत्यकामा पनि एक जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।
मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुष रहेका छन् । कोरोना संक्रमणका कारण भक्तपुरकी ५१ वर्षीया महिला रहेकी छन् भने सुनसरीकी ३८ वर्षीया महिला छन् ।
त्यसैगरी बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।










