पहिरो खस्दा जेसिबी चालकको मुत्यु

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १७:०५
;

झिमरुक । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ ।

माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*