नेकपा मकवानपुरकी अध्यक्ष तथा सांसद सिग्देलमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार ११:२६
;

मकवानपुर । नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार विहान सामाजिक संजाल फेसबुकमा मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

उनले आफू काठमाडौंमा रहेको र पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएकी हुन् ।

गत असोज ५ गते हेटौंडाबाट काठमाडौं गएको र सामान्य रूघाखोकी लागेकाले पिसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको जानकारी दिइन् ।
संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा बसीरहेको उनले बताएकी छिन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*