बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार नाघ्यो

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार ११:४२
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । प्रदेशमा सोमबार थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार ४ सय ७१ पुगेको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेशको काठमाडौंमा १८ हजार १ सय ३२, ललितपुरमा २ हजार २ सय ३४, भक्तपुरमा १ हजार ९ सय ७०, रसुवामा २१, नुवाकोटमा १ सय ६७, धादिङमा ४ सय ४२, चितवनमा २ हजार ३५, सिन्धुलीमा १ सय ३८, मकवानपुरमा १ हजार ३ सय ६६, रामेछापमा १ सय ५८, दोलखामा १ सय २९, काभ्रेमा ५ सय १६ र सिन्धुपाल्चोकमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशमा हालसम्म कोरोजनाको कारण १ सय ८० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिएका छन् ।

प्रदेशभर १२ हजार ७६ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १५ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*