लेनदेनको विषयमा विवाद हुँदा महिलाको हत्या

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १२:२९
;

रौतहट । लेनदेनको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका वडा नं.३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाको श्रीमती मिन्त्रा देवी वैठाको लेनदेनको बिषयमा हत्या भएको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको आरोपमा स्थानीय अनवर हुसेनको छोरो जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा जहरुदिन मियाँ र सफी महम्मद मियाँको छोरा महम्मद ईसराफुल मियाँसहित गरी ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

मित्रा देवीको हत्या जग्गा विवादको कारण सोही गाउका जमसैद आलमले योजना बनाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेकाहरुको सोमबार रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*