कोरोना संक्रमणबाट टिचिङ अस्पतालका कर्मचारीको मृत्यु

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १३:२३
;

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया महिला रहेकी छिन् ।

उनी अस्पतालकै वार्डमा सफाइ कर्मचारीको रुपमा कार्यरत थिइन् ।
उनको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज ३ गते संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनको मृत्यु भएको हो । दम र थाइराइडको समस्या भएकी ५७ वर्षीया महिला ३ महिनादेखि बिदामा रहेको बेला संक्रमण भएको जनाइएको छ ।

महिलाको शव अस्पतालमै राखिएको र आजै अन्त्यष्टीको तयारी भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*