ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भन्दै बिक्री, चार जना पक्राउ

काठमाडौं । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाह रहेका छन् ।
उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।
उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचनाको आधारमा छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।