होटल सञ्चालकको कुटपिटबाट भारतीय ग्राहकको मृत्यु
विराटनगर । होटल सञ्चालकको कुटपिट गर्दा एक भारतीय ग्राहकको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।
आइतबार राति तामाङको कुटपिटबाट अचेत भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ ।