हेटौंडा दुर्घटना अपडेटः गम्भीर घाइते भएका एकको मृत्यु

मकवानपुर: हेटौंडामा भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कान्तिलोकपथ अन्तर्गत हेटौंडा–७ न्युरेनी चिसापानी चोक नजिक रोकिराखेको टिपरसँग मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सवार बकैया गाउँपालिका–५ का ३१ वर्षीय ईन्द्र बहादुर थिङको मृत्यु भएको हो ।
हेटौंडा बजारबाट छतिवन तर्फ जाँदै गरेको गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल न्युरेनी चोकमा रोकिराखेको ना ६ ख ६७५३ नम्बरको टिपरसँग ठोक्किदा दुई जना घाइते भएको थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका इन्द्र बहादुर थिङलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक जुते थिङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।