मकवानपुरमा १ हजार २२ जनाले जिते कोरोना

मकवानपुर । मकवानपुरमा हालसम्म १ हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो दुई दिनमा थप ३१ जना कोरोना संक्रमण मुक्त भएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यलय हेटौंडाका अनुसार हालसम्म १ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । ती मध्ये १ हजार २२ जना संक्रमण मुक्त भएका हुन् ।
त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका १२ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् ।
मकवानपुरमा सक्रिय संक्रमितको संख्या २ सय ५० रहेको जनाइएको छ । तीमध्ये १ सय ५७ जना होम आइसोलेशनमा, ८७ जना आइसोलेशनमा र ६ जनालाई थप उपचारको लागि जिल्ला बाहिर अस्पताल पठाईएको जनाएको छ ।