थप १५ सय १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ हजार नाघ्यो

काठमाडौं । देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
हालसम्म नेपालमा १० लाख ९ हजार २९८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।