कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ९१ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङका ६८ ,महोत्तरीका ५८, काठमाडौंका ६० र ७०, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन् ।
त्यस्तै सर्लाहीकी ७२, काठमाडौंकी ५७ र बाँकेका ५३ तथा ३९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २ सय १३ जना आईसीयू तथा ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।